२०८१ पौष ८, सोमवार , ११:५०:३६ बजे

Sajhamanch
'

झापाको केचना आसपास ठूलो वर्षा : नदी तटीय क्षेत्र र होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह

बुधवार, असार २७, २०८०

विर्तामोड । अहिले पूर्वको झापामा ठूलो पानी परेको छ ।पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापा आसपासका क्षेत्र भएर बग्ने साना नदीमा बाढीको जोखिम तथा नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।आज पूर्वको कोशीसहित बाग्मती र गण्डकीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ ।

सम्बन्धित खबर