२०८१ माघ १२, शनिवार , ०७:०२:०७ बजे

Sajhamanch
'

सर्वोच्चले बालेनलाई वारेस राख्न अनुमति दिएन, आफैँ अदालत धाउनुपर्ने

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।

अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिएका थिए ।

तर, न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले बालेनलाई वारेसको सुविधा नहुने भनेको हो ।

अब बालेनले आफैँ अदालतमा उपस्थित हुनुपर्ने छ ।

उच्च अदालत पाटनले दिएको आदेश नमान्ने बताएपछि उनीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो ।

मङ्गलवार, असार २६, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर