![](https://sajhamanch.com/wp-content/uploads/2023/07/1688045226_1664241386_sarbocha-1200x560-1200x560-1.jpg)
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो। समय अभावका कारण हेर्न नभ्याइने भएको हो।
अब सुनुवाइ मंगलबारका लागि पेसी तोकिएको छ।
यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेको थियो। आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा थियो।
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।