२०८१ फागुन २, शुक्रवार , ०३:३२:४१ बजे

Sajhamanch
'

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना गम्भीर

सोमवार, असार २५, २०८०

धनगढी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

मेलौली नगरपालिका ७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका ६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि गरे ।

उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।

बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ ।

उनीहरूको अवस्था गम्भीर रहेको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । बस सडकबाट करिब चार सय मिटर तल खसेको छ ।

सम्बन्धित खबर