![](https://sajhamanch.com/wp-content/uploads/2023/07/death_cm3tgtSKCO-300x200-1.jpg)
मोरङ । सोमबार बिहान केराबारीमा गणेशप्रसाद सुवेदीको घाँसको भारीले थिचेर मृत्यु भएको छ।
केराबारी गाउँपालिका–९ स्थित देवीझोडाका ५६ वर्षीय सुवेदीको आफैंले बोकेको घाँसको भारीले थिचेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। घाँस काटेर फर्किने क्रममा बिहान ७ बजेतिर घाँसको भारीले थिचेर बेहोस भएको अवस्थामा सुवेदी फेला परेका थिए।
स्थानीयले सुवेदीलाई घाँसको भारीले थिचेर बेहोस भएर लडेको अवस्थामा फेला पारेपछि उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारका लागि अस्पताल ल्याई पु¥याउनासाथ चिकित्सक सुवेदीलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।
घाँसको भारी बोकेर आउँदै गर्दा चिप्लिएर लडेपछि उठ्न नसक्दा उनलाई भारीले थिचेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। कोशी अस्पतालमा शव पोस्टमार्टमका लागि ल्याइएको छ । घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।