भारतको सुरत विमानस्थलबाट ४८ किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
युएईको शारजहाँबाट एअर इण्डियाको उडानबाट आएका तीन जना यात्रुहरुलाई नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ । उनीहरुले उक्त मात्राको सुनको पेस्ट बनाई ल्याएको जनाइएको छ ।
अध्यागमन भन्दा पहिल्यै शौचालयमा सुन हस्तान्तरण गर्ने गरी सुन ल्याइएको अनुसन्धानबाट खुलेको छ । ४ दशशमलव ६७ किलो सुन भने पुरुष शौचालयमा बेवारिसे अवस्थामा फेला परेको थियो । ऐनेन्सी