२०८२ असार ४, बुधवार , ०५:५०:०४ बजे

Sajhamanch
'

आमा हत्या गरेको आरोपमा छोरा पक्राउ

आइतवार, असार २४, २०८०

जनकपुरधाम । खानामा बासी भात दिएको भन्दै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ पथलैयास्थित अशोक जैसवालको घर भाडामा लिएर बस्दै आएका ३९ वर्षीय भारतीय महिला मिरा भगतकी हत्या आरोपमा उनकै १९ वर्षीय छोरा प्रेम भगतलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

मिरा बस्दै आएको घरमा टाउकोमा चोट लागेको तथा शरीरका विभिन्न भाग जलेको अवस्थामा आइतबार उनको शव भेटाएको धनुषा प्रहरी प्रवक्ता एव डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। प्रहरीका अनुसार मृतकको छोरा प्रेमलाई नियन्त्रणमा लिइ घटनासम्बधी अनुसन्धान गर्दै जादा प्रेमले नै कान्छी आमा मिरालाई कुटपिट गरी हत्या गरेको स्वीकार गरेको छ।

पहिले काठको चिरपटले टाउकोमा प्रहार गरी घाइते बनाएको र पछि कपडामा बेरी सुतलीको बोरमा शव राखी जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी जनाइएको छ। सौतेनी आमा मिरासँग खाना माग्दा बासी भात दिएपछी विवाद हुँदा छोरा प्रेमले चिरपट प्रहार गरि आमा मिरालाई हत्या गरेको धनुषा प्रहरीले जनाइएको छ।

बासी भात खान्न बरू होटलमा गएर खाना खान्छु भनेपछि आमाले मलाई मेरो बुवाको समेत नाम जोडी अनेक प्रकारको अपशब्द गाली गलौच गर्न थाले आवेशमा आएर आफूले आमालाई धक्का दिँदा आमा भुँईमा लडेको र त्यसपछि आमाले मलाई त्यहाँ रहेको काठको चिरपटले हान्न खोज्दा मैले उक्त चिरपट खोसी आमाको पिठ्युँमामा हान्न खोज्दा टाउकोमा लागी सोही ठाउँमा मृत्यु भएको प्रेमले प्रहरी समक्ष बयान दिएको धनुषा प्रहरीले जानकारी दिएको छ।

उनीहरुको घर भारतको बिहार राज्य बेतिया जिल्ला नकटरियागंज थानास्थित केवरियामा रहेको प्रहरी जनाएको छ। हात्याका आरोपी प्रेमका बुवा राजु भगतले गाउँकै विवाहित मिरासँग पाँच वर्षअघि दोस्रो विवाह गरेका थिए। पछि जेठी श्रीमतीसँग खटपट शुरु भएपछि कान्छी श्रीमतीलाई लिएर तीन वर्षअघि नेपाल आएका थिए। जेठी पट्टीका कान्छो छोरा हत्या आरोपी प्रेम डेढ महिना अघि मात्रै नेपाल आएर बुवा र कान्छी आमासँगै बसिरहेका थिए।

सम्बन्धित खबर