२०८१ पौष ७, आइतवार , १२:४२:२६ बजे

Sajhamanch
'

जबर्जस्ती करणी मुद्दामा साढे १८ वर्ष कैदको फैसला

आइतवार, असार २४, २०८०

तनहुँ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर बिकविरुद्ध उक्त फैसला सुनाएको हो ।

यही असार १३ गते मुद्दा फैसला भएकोमा आइतबार सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अदालतले बिकलाई छ लाख जरिवाना र १५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बुझाउनुपर्ने फैसला गरेको छ ।

अभियुक्त बिकविरुद्ध ८ असार २०७८ मा तनहुँ जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । १४ वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबर्जस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले बिकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।