
काठमाडौँ । स्पेनलाई हराउँदै ३९ वर्षपछि पटक इङ्ल्यान्डले युरोपियन यू–२१ च्याम्पियनसिपको उपाधि जितेका छ। चार पटकको यु–२१ युरोकप विजेता टोली स्पेनविरुद्ध १–० कठिन जित निकाल्दै इंग्ल्याण्डले उपाधी हात पार्यो।
इंग्ल्याण्डले यसअघि यु–२१ युरोकपको उपाधि सन् १९८४ मा जितेको थियो। इंग्ल्याण्डका गोलरक्षक जेम्स ट्राफोर्डले स्पेनले अन्तिम मिनेटमा पाएको पेनाल्टी बचाउ गरेपछि जित सम्भव भएको हो।
पहिलो हाफको अतिरिक्त समयमा पाएको फ्रि–किकमार्फत पामरले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए।