२०८१ माघ २९, मङ्गलवार , ०६:३९:१८ बजे

Sajhamanch
'

गायक रविन तामाङको अन्त्येष्टि आज

आइतवार, असार २४, २०८०

काठमाडौं । गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए ।

त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिने छ । रविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो ।

मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।

रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए ।

नेपाली रक गायनलाई समाजसँग जोड्ने मामिलामा उनको योगदान महत्वपूर्ण मानिन्छ ।

सम्बन्धित खबर