भद्रपुर । पानीपोखरेल कुलवंश प्रतिष्ठान भद्रपुरको शनिबार भएको दोस्रो नगर अधिेवेशनले लक्ष्मण पोखरेलको अध्यक्षतामा १९ सदस्यीय नगरसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा अम्विका पोखरेल, सचिवमा लावण्य पोखरेल, सहसचिवमा महेन्द्रकुमार पोखरेल र कोषाध्यक्षमा केदार पोखरेल निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा अम्बिका पोखरेल, भोजराज पोखरेल, नेत्र पोखरेल, यादब पोखरेल, आरती पोखरेल, आश्विनी पोखरेल, पद्मा पोखरेल, मुरारी पोखरेल, कपिलमणि पोखरेल, रमा पोखरेल, निरज पोखरेल, मुरारी पोखरेल र चन्द्र पोखरेल निर्वाचित भएका छन् । तीनजना महिला सदस्य पछि थप गर्ने निर्णय भएको छ ।
पानीपोखरेल कुलवंश प्रतिष्ठानका केन्द्रीय महासचिव हिरा पोखरेलको अध्यक्षतामा विनोद पोखरेल र राम पोखरेल सदस्य रहेको अध्यक्षमण्डलले समिति निर्वाचित गराएको हो ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर अध्यक्ष धर्मराज पोखरेलले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विवेक पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मत पारित गरिएको जनाइएको छ ।
कार्यक्रममा आफ्ना धारणा राख्तै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारीले प्रतिष्ठानले समाजमा उदाहरणीय काम गर्नुपर्ने आवश्यकता औंल्याए । सो कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, पूर्वसांसद पुष्प पोखरेल र प्रेस काउन्सिल नेपालका सदस्य गणेशप्रसाद पोखरेलले अग्रजको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा योजना बनाएर अगाडि बढ्न आग्रह गरेका थिए ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष लक्ष्मण पोखरेलले प्रतिष्ठानलाई समाजको हितका लागि क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिष्ठानको स्थायित्वका लागि जग्गादाता गुप्तराज पोखरेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सम्मान गरिएको थियो ।