२०८१ मंसिर १०, सोमवार , ०५:५५:३० बजे

Sajhamanch
'

मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा दर्शन गर्न आउने भक्तजन प्रभावित

शुक्रवार, असार २२, २०८०

ताप्लेजुङ । दुई हप्तादेखि मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित भएका छन्। मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिरोले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको सङ्ख्या घटेको हो । विभिन्न जिल्लाबाट आएका गाडी ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनको सङ्ख्यामा कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए।

गएको असार ३ गते राति वर्षासँगै गएको बाढीपहिरोले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सम्पर्क विच्छेद भएको छ । विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको सङ्ख्या अहिले एक सयभन्दा कम हुन थालेको महतले बताए । समयमै पुल नबन्दा यात्रुले सास्ती खेप्नु परेको छ । ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवा खोलावारिसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर पारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ ।

सम्बन्धित खबर