२०८१ माघ २०, आइतवार , ०६:०८:३६ बजे

Sajhamanch
'

पशुपतिनगर नाका तीन दिनलाई बन्द

शुक्रवार, असार २२, २०८०

इलाम । नेपाल र भारत जोडिएको पशुपतिनगर नाका तीन दिनका लागि बन्द गरिएको छ।

भारतको दार्जिलिङमा जुलाई ८ (शनिबार) मा हुन लागेको पञ्चायत जनरल इलेक्सनलाई मध्यनजर गरी आज ९बिहीबार० नाका सिल गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार पर्सि शनिबार साँझ ५ बजेसम्मलाई नाका बन्द भएको हो। पशुपतिनगरबाट नेपाल–भारत मानिसको आऊ–जाऊ हुने गरेको छ। तर, पशुपतिनगरमा अध्यागमन कार्यालय रहे पनि भारतपट्टि त्यही काम गर्ने कार्यालय नहुँदा तेस्रो देशका पर्यटक भने यहाँबाट आऊ–जाऊ गर्न सकेका छैनन्।

सम्बन्धित खबर