![](https://sajhamanch.com/wp-content/uploads/2023/07/1688558755_sarad-kumar-gauchan-1200x560-1-e1688561548901.jpg)
काठमाडौँ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला भएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो।
गौचनको हत्यामा पक्राउ परेका लोप्चन लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद र माया शेरचनलाई १० वर्ष कैद सुनाएको छ।
उनीहरूले २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा गौचनको हत्या गरेका थिए। गोली प्रहार भएलगत्तै अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।