२०८२ असोज ७, मङ्गलवार , ०६:१५:१५ बजे

Sajhamanch
'

दोहरो नागरिकताको अभियोगमा दुई जना पक्राउ

बुधवार, असार २०, २०८०

कञ्चनपुर । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित खबर