२०८१ माघ ८, मङ्गलवार , ०६:०५:११ बजे

Sajhamanch
'

साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड

बुधवार, असार २०, २०८०

काठमाण्डौ । नेपालले साफ च्याम्पियनसिप फुटबलमा ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ ।साफ च्याम्पियनसिपको गएराति भएको समापन समारोहमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरिएको हो । साविक उपविजेता नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग २–० गोलले पराजित भएको थियो ।समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो । आमन्त्रित टोली कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन् ।उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए ।

सम्बन्धित खबर