२०८१ पौष १०, बुधवार , ०९:१२:२१ बजे

Sajhamanch
'

बाढी-पहिरोले ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ सडक एकतर्फी संचालन

बुधवार, असार २०, २०८०

काठमाडौँ । पछिल्लो केही दिनदेखिको भारी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। यसैबीच सडक विभागले ३ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जनाएको छ। भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेको जानकारी दिएको छ।

बिहान ८ः ३० बजेसम्म अपडेट अनुसार ३ वटा राजमार्ग पूर्ण अवरुद्ध, १३ वटा एकतर्फी संचालन र ५७ वटा सडक अवरुद्ध भए पश्चात् हाल सुचारु रहेको सडक विभागले जनाएको छ।

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्। विभागका अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ। त्यस्तै पूर्वकै चतरा–मुलघाट–माझीटार–अमपारपुरडाँडा–गणेशचोक पुग्ने तमोर करिडोरअन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन।

त्उसै गरी देशको पूर्वी क्षेत्र रानी–विराटनगर, इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का पुग्ने कोशी राजमार्ग पनि पहिरोको कारण अवरुद्ध छ।

एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन,रिडी,कोरला र डुम्रे,बेशीसहर,चामे सडक खण्ड रहेका छन्। यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा, बुटवल, वर्तुङ, राम्दी, स्याङ्जा, पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ।

कर्णाली राजमार्गको जमुनाहा, नेपालगंज, कोहलपुर, सुर्खेत, खुलालु, हिल्सा सडक पनि एकातर्फी संचालनमा छ। भने डुम्रे, बेशीसहर, चामेको खरखरे भिर, लमजुङमा पनि सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। मुग्लिन–नारायणगढ सडक अहिले सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

सम्बन्धित खबर