
काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल खेलकुद महासंघको आयोजनामा मंगलबारदेखि ललितपुरमा सुरु भएको प्रतियोगितामा नेकपा समाजवादीका नेता राई र एमालेका नेता थापाको जोडीले बाग्मती प्रदेशका पूर्वसांसद राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१ र २१–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
यता, खेलकुद पृष्ठभूमिका थापा दाजुभाइको जोडीले भने पञ्चबहादुर गुरुङ र एमाले नेता ठाकुर गैरेको जोडीलाई २१–८ र २१–१४ ले सहजै हराउँदै सेमिफाइनलमा स्थान बनायो। गणेश थापा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य एवम् अखिल नेपाल फुटबल संघ९एन्फा०का पूर्वअध्यक्ष हुन्।
७२औं मदन जयन्तीको अवसरमा खेलकुद महासंघले संविधानसभा सदस्य, राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगिता गराएको हो।
उक्त प्रतियोगितामा कुल ६२ जना राजनीतिज्ञले सहभागिता जनाएको महासंघका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जानकारी दिए।
राजनीतिमा एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका नेताहरूबीच सद्भाव कायम गर्न यो प्रतियोगिता आयोजना गरिएको महासंघले जनाएको छ।
त्यस्तै महालक्ष्मी स्थानस्थित रिभाइभ लिजर पार्कमा जारी प्रतियोगिताको अर्को सेमिफाइनलमा नेपाली कांग्रसका दिलमान पाख्रिन र एमालेका नेता यज्ञराज सुनुवारको जोडीले एमाले नेता नवराज सिलवाल र भानुभक्त ढकालको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ। पाख्रिन र सुनुवारको जोडीले एमालेकै नेता कर्ण थापा र एलबी साँवा लिम्बुको जोडीलाई २१–१९, १४–२१ र २१–१४ ले हराएको थियो।
७२औं मदन जयन्तीको अवसरमा खेलकुद महासंघले संविधानसभा सदस्य, राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगिता गराएको हो।
यता, सिलवाल र ढकालको जोडीले भने जित शेरचन र प्रदीप पौडेलको जोडीलाई २१–८ र २१–९ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। त्यसअघि दुईदिने प्रतियोगिताको एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताका रेफ्री अनुपरत्न शाक्यलाई सटल कक दिँदै उद्घाटन गरेका थिए।