२०८२ वैशाख २१, आइतवार , ०८:५७:२१ बजे

Sajhamanch
'

आणविक केन्द्रको प्रशोधित फोहोर पानी समुद्रमा मिसाउने जापानको योजना राष्ट्रसंघद्वारा अनुमोदन

बुधवार, असार २०, २०८०

 संयुक्त राष्ट्र संघले सुनामीबाट ध्वस्त फुकुसीमा आणविक केन्द्रको प्रशोधित फोहोर पानी समुन्द्रमा छोड्ने जापानको योजना अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप रहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले जापानको उक्त योजना कार्यान्वयन हुँदा वातावरणमा नगन्य प्रभाव पार्ने बताएको छ । आणविक केन्द्रको पानी समुन्द्रमा मिसाउने जापानको योजनाप्रति चीन र दक्षिण कोरियाले चर्को विरोध गरेपछि अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको उक्त धारणा सार्वजनिक भएको हो । प्रशान्त महासागरमा पानी छोड्ने जापानको योजना छ ।

यद्दपि जापानले आणविक केन्द्रको पानी समुन्द्रमा छोड्ने मिति घोषणा गरेको छैन । उक्त योजना कार्यान्वयनको लागि अझै नियामक निकायबाट अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ । सन् २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीले फुकुसिमा आणविक उर्जा केन्द्रका तीनवटा रिएक्टरहरु बाढीले ध्वस्त पारेको थियो ।ऐजेन्सी

सम्बन्धित खबर