२०८१ कार्तिक २, शुक्रवार , ०६:०६:३८ बजे

Sajhamanch
'

झापामा ब्राउन सुगरसहित दुई युवती पक्राउ

मङ्गलवार, असार १९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीबाट लागु औषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका -९ स्थित झरना टोल निवासी २४ वर्षीय झरना बिक र उनका साथी कमल गाउँपालिका-३ निवासी २४ वर्षीय सन्ध्या राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिकले आफ्नै घरमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनको कोठा चेकजाँच गर्दा ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । त्यसपछि प्रहरीले बिकसँगै रहेको साथी राईलाई समेत पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा लगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर