२०८२ भदौ ८, आइतवार , ०१:०७:०५ बजे

Sajhamanch
'

माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान

सोमवार, असार १८, २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गरेका छन्।

श्रीलङ्का कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एसियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए।

उनको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा गङ्गालाल तुलाधरले जानकारी दिए।