२०८१ पौष २४, बुधवार , ०४:५०:४१ बजे

Sajhamanch
'

भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

शनिवार, असार १६, २०८०

भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको बस गुडिरहेकै बेला टायर पड्किएपछि खम्बामा ठोकिएको थियो ।

ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएको र मृतकको पहिचान भने खुलीसकेको समाचारमा उल्लेख छ ।एजेन्सी ।

सम्बन्धित खबर