२०८१ माघ २६, शनिवार , ०८:०१:०१ बजे

Sajhamanch
'

भद्रपुरका जनप्रतिनिधिले मेसिनबाट रोपे धान

शुक्रवार, असार १५, २०८०

भद्रपुर । २०औं राष्ट्रिय धान दिवश २०८० को अवसर पारेर भद्रपुरमा सामुहिक धान रोपाइ गरिएको छ । भद्रपुर १ स्थित नमूना धान पकेट समन्वय सञ्चालन समितिको धान खेतमा सामुहिक रोपाइ गरिएको हो ।

भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी लगायत जनप्रतिनिधिहरूले मेसिनबाट धान रोप्दै यो वर्षको धान दिवस मनाएका हुन् ।

सोही अवसर पारेर स्थानीय कृषक लक्ष्यित गरेर हिलेदौड समेत सम्पन्न गरिएको छ ।

सम्बन्धित खबर