![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
बिर्तामोड । सडक निर्माणको क्रममा करेन्ट लागेर झापा, बिर्तामोड- २ मा आज बिहान एकजना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-३ सैनिकमोडका ४० बर्षीय धनबहादुर राजबंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेण्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।