२०८१ पौष ३, बुधवार , १२:३९:०६ बजे

Sajhamanch
'

शिवसताक्षी १० की साङ्लोमा बाँधिएकी अवस्थामा उद्धार गरिएको महिला घर फर्किइन्

मङ्गलवार, असार ५, २०८०

शिवसताक्षी ।झापा शिवसताक्षी १० मा सांङ्लोमा बाँधिएकी महिलाको उद्धार गरिएको ११ महिना पछि  घर फर्केएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी हुन् ।

शिवसताक्षी १० दोमुखबाट २०७९ श्रावण ७ गते साङ्लोमा बाँधिएकी मानसिक रोगी अम्बिका ढकाललाई इटहरी स्थित मायाघर नेपालले उद्धार गरि लगेको थियो ।

 

आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको रोहबरमा माया घर नेपालका प्रतिनिधिले अम्बिकालाई परिवारमा जिम्मा दिएको छ ।

विगत १६ वर्ष अघिदेखि विरामी पर्दै आएकी अम्बिका गरिवीका कारण औषधी उपचार गर्द नसक्दा उनलाई परिवारले साङ्लोमा बाँधेर राखेका थिए । साझा मञ्चमा सांङ्लोमा बाँधिएकी महिलाको समाचार प्रकाशित भएपछि माया घर नेपालले शिवसताक्षी नगरपालिकाको सहयोगमा उक्त महिलालाई उद्धार गरी उपचारका लागि लगेको थियो ।

वि.सं. २०४१ सालमा जन्मिएकी अम्बिकाले माइखोलमा गिटी कुटेर आफ्नो आमा र भाईलाई पाल्दै आएकी थिइन । वि.सं. २०६० सालमा उनले भागेर विवाह गरिन । विवाह पश्चात श्रीमानले बच्चा पेटमा भएको अवस्थामा नै छोडेर भागे । त्यस पश्चात उनी माइतमै बस्दै आएकी थिइन । उनले माइतमै छोरीलाई जन्म दिइन। समय वित्दै गयो । छोरी चार वर्षकी भएपछि एक्कासी उनमा समस्या देखा परेको आमा सरस्वताले बताइन् ।

छोरीको स्वास्थ्यमा सुधार भएर घर फर्किएपछि आमा खुसी भएकी छन् । माया घर नेपालका व्यवस्थापक बाबुराम सुवेदीले निरन्तरको उपचार र उनलाई माया मममता गरेका कारण नै उनको स्वास्थ्यमा सुधार भएको बताए । स्वास्थ्यमा सुधार भएसँगै घरै गएर बस्ने उनको इच्छा अनुसार ल्याएको बताए । उनका अनुसार पछिल्लो केही महिनादेखि अम्बिकाले आमा र छोरी सँग निरन्तर सम्पर्क भई रहेको थियो ।
अम्बिकाले निरन्तर औषधी खानु पर्छ, व्यवस्थापक सुवेदीले भने, नियमित खाने केही औषधी ल्याइदिएका छौ । औषधि सकिएपछि फेरी उपलब्ध गराउँछौ ।

यस अघि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की सहितको टोलीले माया घर नेपालमा गएर खाद्य सामाग्री, लत्ता कपडा उपलब्ध गराएको थियो ।

आजै माया घर नेपालका प्रतिनिधिले शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई नगरपालिकाको कार्यकक्षमा अम्बिका ढकाललाई उद्धार गरेर लगेपछि माया घर नेपालले उनका लागि गरेको उपचारका बारेमा विस्तृत रुपमा जानकारी गराएको थियो ।

उपप्रमुख कार्की भन्छिन्, नगरपालिकाले माया घर नेपालमा पठाएको महिलाको स्वास्थ्यमा सुधार भएर आएकी छिन् । उनको पहिलेको अवस्था हेर्दा यति चाडै स्वास्थ्यमा सुधार होला भन्ने लागेको थिएन  । माया घर नेपालले असाहय, असक्त र विभिन्न रोगबाट पीडित महिलाहरुका लागि गरेको कामका लागि उपप्रमुख कार्कीले विशेष धन्यवाद दिएकी थिइन् ।

मङ्गलवार, असार ५, २०८० | Uncategorized

सम्बन्धित खबर