विर्तामोड । नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित भएका छन् । विगत १२ वर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा रहेका भट्टराईको जिम्मेवारी थपिएको हो ।
महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले झापा अध्यक्ष भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा मनोनित गरेको जनाइएको छ ।
नेपाल किसान महासंघको संगठन विस्तार एवं कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुको अधिवेशन केन्द्रले तोकेकै समयमा सक्न जिम्मेवारी दिँदै कोशी प्रदेश अध्यक्षमा भट्टराईलाई मनोनित गरिएको उक्त पत्रमा जनाइएको छ ।