२०८१ माघ २४, बिहिवार , ०६:१८:४१ बजे

Sajhamanch
'

प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ पहिरो तथा बाढी प्रभावित पूर्वी नेपाल आउने

सोमवार, असार ४, २०८०

ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वी नेपालका ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्लामा बाढी र पहिरोबाट भएको जनधनको क्षतिको स्थलतगत अवलोकनका लागि आउने भएका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठका साथ प्रधानमन्त्री दाहाल आउन लागेको स्थानीय सुरक्षा स्रोतले पुष्टी गरेको छ। प्रधानमन्त्री र गृहमन्त्रीका साथ प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई समेत सहभागी हुने स्रोतले जनाएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ ताप्लेजुङ सहितका पहिरो र बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आउने गरी कार्यतालिका आएको बताईन्।

‘पहिला संखुवासभा र त्यसपछि ताप्लेजुङको भ्रमण हुने योजना रहेको छ’प्रजिअ चेम्जोङले भनिन्। बिहानबाट सांसद भट्टराईको नेतृत्वमा प्रधानन्त्री निवास बालुटावार पुगेको प्रतिनिधिमण्डलले बाढी तथा पहिरो पीडितको राहत तथा उद्धारको कार्य थाल्न आग्रह गरेको थियो।

सम्बन्धित खबर