२०८१ पौष १७, बुधवार , ०७:३०:४४ बजे

Sajhamanch
'

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान पक्का, चीनको छेन्दुबाट चार्टर्ड उडानको अनुमति

शुक्रवार, असार १, २०८०

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन उद्घाटन भएको हो । त्यसयता अहिलेसम्म आन्तरिक उडान मात्र भइरहेका थिए ।