२०८१ असोज ४, शुक्रवार , ०२:३१:३१ बजे

Sajhamanch
'

यु–२० रग्वीको फाइनल समिकरण पूरा

शनिवार, जेठ २७, २०८०

इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेल मैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएका हुन् । प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् भने महिलातर्फ हेटौडा रगर्स र हिमालयन टाइगर भिड्ने निस्चित भएको छ ।

पुरुष समूह ए बाट २ जितका साथ विजेताको रुपमा कर्णालीले सेमीफाइनलमा स्थान बनाएको थियो । त्यसैगरी १ जित र १ हारका साथ कटारी उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो । २ टोली मात्र रहेको समूह बीमा हिमालन विरुद्धको जितका साथ हेटौडा समूह बिजेताको रुपमा सेमीफाइनल पुगेको हो ।

महिलातर्फ २ जितका साथ समूह ए मा बिजेताको रुपमा कटारी सेमीफाइनल पुगेको थियो । १ जित र १ हारका साथ कर्णाली उपविजेता बनेको थियो । २ टिम रहेको समुह बी मा हिमालयन टाइगरलाई हराउँदै हेटौडा सेमीफाइनल पुगेको हो ।

प्रतियोगितामा पुरुतर्फ कर्णालीले हिमालय टाइगरलाई ३१–५ अन्तर हराएको हो । त्यसैगरी कटारीले हेटौडालाई ७–० अन्तरले हराएको हो । महिला तर्फ हिमालयन टाइगरले कटारी रग्वी क्लबलाई ५–० ले हराएको हो । त्यसैगरी हेटौडा रगर्सले कर्णाली रग्वी क्लबलाई ३६–० ले हराएको फाइनल पुगेको हो ।

नेपाल रग्वी संघ कोशी प्रदेश समिति, नेपाल रग्वी संघ इलाम र नेपाल रग्वी संघ माई नगरको समन्वयमा आयोजित प्रतियोगितामा महिला र पुरुष तर्फ ५÷५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घघाटन माई नगरप्रमुख खम्बसिं लिम्बूले गरेका थिए ।

नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा माई नगरप्रमुख लिम्बूको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगरप्रमुख लिम्बू, नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ । प्रतियोगिताको खेलाडी छनौटका लागि नेपालका प्रमुख प्रशिक्षक सिङ्गेसमेत माई नगरपालिका आएका छन् ।

सम्बन्धित खबर