काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले माल्दिभ्समा फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप खेल्ने भएको छ ।
जुन १४ देखि जुन २२ तारिखसम्म हुन लागेको प्रतियोगितामा नेपालले सहभागिता जनाउने आज आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।
खेलाडीहरुमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् ।
प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ ।