२०८१ पौष ११, बिहिवार , ०९:५६:०६ बजे

Sajhamanch
'

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा उपहार !

मङ्गलवार, जेठ २३, २०८०

काठमाडौं । राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतालाई दीर्घकालीन असर पार्नेगरी नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेपाल खेलकुद महासंघसहितका २३ वटा जनवर्गीय संगठठनले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

मन्त्रिपरिषद्ले संसदको मर्यादाको धज्जी उडाउँदै पुरानो नागरिकता विधेयक राष्ट्रपतिलाई पठाएर प्रमाणीकरण गराएको घटना राष्टको हितमा नरहेको भन्दै महासंघसहितका घटकले आन्दोलन चर्काएका हुन् ।

खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा हजारौको युवा तथा खेलाडीहरुले माइतीघरबाट नयाँ बानेश्वर सम्म सडक प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएर नेपालको पक्षमा हित हुनेगरी काम गर्नुको साटो असान्दर्भिक सम्झौता र कुटनैतिक मर्यादा माथि आँच आउने गरी कार्य गरेको भन्दै विरोध प्रदर्शन गरेको महासघंका प्रवक्ता तीर्थबहादुर खड्काले बताए ।

भारत भ्रमणमा रहँदा प्रधानमन्त्री दाहालले गरेका धेरै कामहरु संविधान विपरित रहेको भन्दै एमालेसहित राप्रपा र राष्टिय स्वतन्त्र पार्टीले सोमबार दिनभर नै संसंद अवरुद्द गराएका थिए।

भारत भ्रमणमा गएर प्रधानमन्त्रीले १५ वटा राँगा उपहार लिएर आएको भन्दै नेपाल खेलकुद महासंघले खेद प्रकट गरेको महासघंका प्रचार विभागका उपप्रमुख राजकुमार अ‍ोलीले जानकारी दिएका छन् ।