२०८१ कार्तिक २, शुक्रवार , ०९:५६:१४ बजे

Sajhamanch
'

प्रतिवादीहरूको राहदानी होला त रोक्का ?

बिहिवार, जेठ ११, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गरिएका ३० जनाको राहादानी रोक्का गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिवादी बनाइएका १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । सरकारी वकिल कार्यालयले पक्राउ परेका र फरार रहेका सबै अभियुक्तको राहदानी रोक्का गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको छ ।

अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा ४३ को एकीकृत कसुर, दफा ५१ को राष्ट्रिय हितविपरीतको कसुर, दफा २४९ को ठगीको कसुर, दफा २७६ को सरकारी लिखत किर्तेसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ बमोजिमको संगठित अपराध भएको दाबीसहित मुद्दा दायर भएको उल्लेख छ ।

बुधबार सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

सम्बन्धित खबर