काठमाडौं । किर्गिस्तानलाई सोझो सेटमा हराउँदै काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले पाहुना टोली किर्गिस्तानलाई २५-११, २५-१९ र २५-११को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो र दोस्रो सेटमा अग्रता कायम गर्दै जितेको नेपालले तेस्रो सेटमा नेपाल किर्गिस्तानसँग ६-४ ले पछि परेको थियो । तर खेलमा पुनरागमन गर्दै नेपालले तेस्रो सेट पनि जित्यो ।
आजको खेलमा ओपन स्पाइकरद्वय निरुता ठगुन्ना र उषा भण्डारीको जोडी चम्कियो । आजको खेलमा संगम महतो र रिमा कुँवरले राष्ट्रिय टिममा डेब्यु गरे ।
खेलमा संगम महतोले मिडल ब्लकरको रुपमा खेलिन् भने रिमा कुवँर अपोजिट स्पाइकर रुपमा खेलेकी हुन् ।
संगम पहिलो सेटमा नै परेदै डेब्यु गरिन् भने रिमाले प्रतिस्थापन हुँदै डेब्यु गरिन् । सफिया पुन र संगम महतो मिडल ब्लकरमा खेले । पुनम चन्द अलराउन्डरको भूमिकामा देखिइन् भने सेटर पोजिसन कप्तान अरुणा शाहीले सम्हालिन् ।
लिबेरोमा सलिना श्रेष्ठ रहिन् । आजको जितसँगै नेपालले ३ अंक बटुलेको छ । नेपालले दोस्रो खेल भोलि मंगलबार बंगलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।