२०८१ माघ ३, बिहिवार , ०७:२६:४९ बजे

Sajhamanch
'

शिवसताक्षीका प्र.अ.हरुलाई क्षमता विकास तालिम, शिक्षामा बजेट कटौति नगर्ने नगरप्रमुखको भनाई

शनिवार, जेठ ६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीका प्रधाध्यापकहरुलाई दुई दिवशीय क्षमता विकास तालिम प्रदान गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीका ३६ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शिवसताक्षीको दूधेमा क्षमता विकास तालिम दिइएको हो ।

तालिममा समग्र विद्यालय सुधारका लागि प्रधानाध्यपकहरुले गर्नु पर्ने कर्तव्य, क्षेत्राधिकार, शिक्षक र विद्यार्थी बीचको अन्तर सम्बन्ध, प्रधानाध्यापक र शिक्षकहरु बीचको प्रशासनिक सम्बन्ध, शिक्षकहरुको आचारसंहिता र गुणस्तरीय शिक्षाका लागि खेल्नु पर्ने भूमिकाका बारेमा सम्बन्धी तालिम प्रदान गरिएको नगर शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए ।

तालिम समापनका क्रममा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकाले शिक्षा क्षेत्रका लागि बजेट व्यवस्थापन कुनै कन्जुसियाई नगर्ने बताए । सरकारले नगरपालिकामा आउने बजेट कटौति गरेपनि आगामी नीति तथा कार्यक्रममा नगरपालिकाले शिक्षाका लागि बजेट कटौति नगर्ने बताए । बालबालिका हरुलाई बातावरणीय मैत्री शिक्षा प्रदान गर्न स्मार्ट विद्यालयको अवधारणा ल्याएको र क्रमश सबै विद्यालयहरुमा स्मार्ट विद्यालयका रुपमा विकास गर्ने लक्ष्य लिइएको नगरप्रमुखको भनाई छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले शिक्षाको गुणस्तरका लागि प्रधानाध्यापकहरुको विशेष भूमिका रहने बताइन् । प्रधानाध्यापकहरुले विद्यालय व्यवस्थापन अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरेर सामुदायिक विद्यालयहरुमा व्यापक सुधार गर्न सुझाइन् ।

सहभागी प्रधानध्यापकहरुका तर्फबाट खगेन्द्र घिमिरेले तालिमका अनुभूतिहरु फलदायी भएको जानकारी दिए । उनले शिवसताक्षी नगरपालिकामा रहेका केही विद्यालयहरुको भौतिक अवस्थाका समस्याका बारेमा जानकारी गराएका थिए । उनले केही सामुदायिक विद्यालयहरु विद्यार्थी ओसार्न बसको व्यवस्थापन गर्दा विद्यार्थी एउटै विद्यालयमा केन्द्रित भएकाले कुनै विद्यालयमा विद्यार्थी संख्या न्यन रहेको बताए । उनले भने, कित नगरपालिकाले बसको व्यवस्थान गर्न सहयोग गर्नुप¥र्यो, की त न्यन विद्यार्थी संख्या भएका विद्यालयहरुलाई मर्जको अवधारणामा अवधाराणा लैजानु पर्यो ।

तालिममा बेलबारी नगरपालिकाका शिक्षा अधिकारी उपसचिव भुपेन्द्र कोइराला र शिक्षाका अधिकृत दुर्गा प्रसाद गौतमले सहजिकरण गरेका थिए भने, शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले प्रधानाध्यापकहरुलाई खरिद एन सम्बन्धी जानकारी गराएका थिए ।
तालिममा केही दिन अघि शिवसताक्षी नगरपालिकामा आयोजित नगरप्रमुख सँग विद्यार्थी कार्यक्रममा विद्यार्थीहरुले शिवसताक्षीका विभिन्न विद्यालयका विद्यार्थीहरुले उठाएका विषयहरुमा समेत छलफल गरिएको शिक्षा प्रमुख ढकालले जानकारी दिए ।
तालिम समापन कार्यक्रमको सञ्चालन शिक्षा प्रमुख ढकालले गरेका थिए ।

शनिवार, जेठ ६, २०८० | शिक्षा, समाज

सम्बन्धित खबर