२०८१ फागुन २८, बुधवार , ०३:५३:४२ बजे

Sajhamanch
'

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा

बुधवार, जेठ ३, २०८०

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले दिएको जानकारी अनुसार शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । एकजना विदेशी क्लाइन्टलाई लिएर उनी आज बिहान सगरमाथा शिखरमा पुगेका छन्।

यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।

आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन् । उनीहरु दुवैले पर्वतारोहणबाट यसअघि नै सन्यास लिइसकेका छन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए ।

सम्बन्धित खबर