२०८१ कार्तिक २, शुक्रवार , ०७:०३:३५ बजे

Sajhamanch
'

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे सुझाव

मङ्गलवार, जेठ २, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा संलग्न गर्नुपर्ने विषयमा सत्ता साझेदार दलहरुसँग सुझाव माग गरेका छन् । सिंहदरबारमा मंगलबार भएको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री दाहालले शुक्रबार प्रस्तुत गरिने नीति तथा कार्यक्रमका लागि लिखित सुझाव माग गरेका हुन् ।
प्रधानमन्त्रीले सुझावका लागि आजको बैठक बोलाउनु भएको हो, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, महत्त्वपूर्ण सुझावहरु लिखित रुपमै दिनका लागि आग्रह गर्नु भएको छ।

बैठकमा नेताहरुले कृषि तथा पर्यटनमा रोजगारी सिर्जना गर्ने नीति ल्याउन सुझाव दिएका थिए । त्यसैगरी विदेशिएका युवा तथा विद्यार्थीलाई स्वदेशमै रोक्न र जनशक्ति पलायन रोक्नका लागि आवश्यक कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजमोका अध्यक्ष चित्रबहादुर केसी, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहितका नेताहरुको उपस्थिति थियो।

सम्बन्धित खबर