काठमाडौं । नेपाल विद्यार्थी संघले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध प्रदर्शन गरेको छ ।
नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा सम्पत्ति हिनामिना बाहेकमा पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघले नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो । उक्त विधेयक संसदमा विचाराधीन छ ।
विरोधका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
‘भ्रष्टचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेर सक्ने फर्कने क्रममा प्रहरीले हस्तक्षेप गर्यो’, नेविसंघका पूर्व अध्यक्ष कर्णले भने ।
प्रहरीसँग धकेलाधकेल हुँदा दुई जनालाई चोट लागेको लागेको छ । प्रहरीले प्रेमिका रानामगरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीसँगको धकेलाधकेलमा धर्म शाही र हिक्मत शाहीलाई चोट लागेको संघका नेता भुवन भट्टले जानकारी दिए । उनीहरुको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।