२०८२ जेठ २५, आइतवार , १०:४४:४१ बजे

Sajhamanch
'

पश्चिमी वायुको प्रभावले वर्षा

आइतवार, वैशाख ३१, २०८०

काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ।

ुपश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना छ, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने।

काठमाडौँमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ। उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ।

सम्बन्धित खबर