२०८१ पौष ५, शुक्रवार , १२:४२:३० बजे

Sajhamanch
'

स्थानीय वायुको सामान्य प्रभाव, चक्रवातको छैन असर

आइतवार, वैशाख ३१, २०८०

काठमाडौं । अहिले बिहान गण्डकी र कर्णाली प्रदेशका एक -दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भू -भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । बाँकी भू -भागमा मौसम सामान्यत सफा छ ।

महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात अहिले अति शक्तिशाली चक्रवातमा परिणत भएको तर उक्त चक्रवात उत्तर तथा उत्तर पूर्व दिशातर्फ उन्मुख भएकाले त्यसको उल्लेखनीय प्रभाव नेपालमा नरहने जनाएको छ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। उक्त चक्रवात हाल बंगलादेश र म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

महाशाखाकाअनुसार आज दिउँसो आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। राति कोशी तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षा हुने छ।

भोलि (सोमबार) कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। बाँकी भू-भागमा सामान्यतस् मौसम सफा रहने छ।