२०८१ माघ १४, सोमवार , १०:०२:३९ बजे

Sajhamanch
'

कांग्रेस पदाधिकारी बैठकमा खाँण निलम्बनबारे छलफल, तर भएन निर्णय

बिहिवार, वैशाख २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बिहीबार पनि नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ ।

तर उक्त विषयमा कुनै निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको बताए ।

‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निश्कर्षमा पुगेका छैनौं’, उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा भने ।

सहमहामन्त्री परियारका अनुसार खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि बताए ।

कतै लुक्ने र भाग्ने नगरी पक्राउ परेर खाँणले प्रहरीको अनुसन्धानलाई सहयोग गरेको नेता परियारले बताए ।

‘उहाँ छानबिनका लागि तयार हुनुभएको छ । हाम्रो पार्टीका नेताले अनुसन्धानका लागि सहयोग गर्नुभएको छ’ परियारले भने, ‘नेकपा एमालेका पदाधिकारी आज पनि फरार हुनुहुन्छ । तर कांग्रेस दोषीलाई उम्काउने प्रयासमा छैन ।’

सम्बन्धित खबर