२०८१ साउन १२, शनिवार , ०३:४०:५७ बजे

Sajhamanch
'

नेपाल-यूएईको बाँकी खेल आज

मङ्गलवार, वैशाख १९, २०८०

काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो ।

दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।

आज त्यहीबाट खेल पुनस् सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएई नेपाली बलरको उत्कृष्ट बलिङपछि लगातार विकेट गुमाएको थियो ।

यूएईले खेल रोकिनुअघि २७।३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए । ललित पनि ह्याट्रिक विकेट नजिक छन् । यदि उनले मंगलबार पहिलो बलमै विकेट लिए ओडीआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बन्नेछ ।

मंगलबार पनि वर्षाको सम्भावना रहेकोले यदि नियमित खेलमा नतिजा नआएमा सुपर ओभर विकल्पमा रहनेछ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ । यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसीको वरीतयाका आधारमा अगाडि रहेकोले नेपाल च्याम्पियन बन्नेछ ।

सम्बन्धित खबर