२०८१ माघ ५, शनिवार , ११:२४:४५ बजे

Sajhamanch
'

दोमुखा सडक निर्माणमा तिब्रता

आइतवार, वैशाख १७, २०८०

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडकको कामलाई तिब्रता दिएको छ । आज निर्माणधिन सडकको शिवसताक्षी नगरपालिकाले बाटोको फिल्ड डेन्सीटी टेष्ट गरेको छ ।

नगरपालिकाका प्राविधिकहरुले उक्त सडकको ८ स्थानमा फिल्ड डेन्सीटी टेष्ट गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्राविधिकहरुका अनुसार टेष्टको रिर्पोट भोली आएपछि बाटोको थप काम अघि बढ्ने छ ।

उक्त बाटोमा ३ ओटा कल्भर्ड निर्माण भएका छन् । निर्माणाधिन बाटो नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष हर्क सिगुले निरन्तर अनुगमन गरेका छन् । अनुगमनको क्रममा नगर प्रमुख थोप्राले बाटो निर्माण मापदण्ड अनुसार नै भइरहेको बताए । उनले बाटोमा कल्भर्ड निर्माण गर्दा साइडको वालहरु कम देखिएकाले यसलाई थप वाल निर्माण गरी काम गरिने जानकारी दिए। । उनले भने, सडक कालोपत्रेका लागि लामो समयको पखाईमा काम सुरु भएको र यो नगरकै ठूलो आयोजना भएकाले कही कमी कमजोरी भए तुरुन्त सच्याएर अघी बढ्छौ ।

कालो पत्रेका लागि ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड रकमले काम भइरहेको छ । सडक ढलरहित ७ मिटर चौडाइ कालोपत्रे हुने छ ।

सतासी निर्माण सेवाले ठेक्का लिएको सो सडक असार १५ गते निर्माण सम्पन्न हुने बताइएको छ ।