२०८१ कार्तिक २, शुक्रवार , ०४:३३:३१ बजे

Sajhamanch
'

कनकाईमा वडास्तरीय फुटबल सुरुः वडा नं. ५ विजयी

शनिवार, वैशाख १६, २०८०

कनकाई । नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटिको आयोजनामा आजबाट झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा प्रथम वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

फुटबल प्रतियोगिताको झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपीसाँबा लिम्बुले आज विशेष कार्यक्रमका विच उद्घाटन गरेका हुन । उद्घाटन खेलमा कनकाई ५ नम्बर वार्ड बिजयी भएको छ । ५ नम्बर वडाले ९ नम्बरलाई ३—० गोल अन्तरले पराजित गर्दै बिजयी बनेको हो । बिजयी टिमका तर्फबाट ३ वटै गोल पहिलो हाफमा सम्भव भएको हो ।

बिजयी टिमका तर्फबाट रोचन लिम्बुले २ गोल र विशाल राईले १ गोल गरे । । खेलको म्यान अफ द म्याच बिजयी टिमका २ गोलकर्ता रुचन लिम्बु घोषित भए ।  भोली आइतवारको खेल वार्ड नम्बर १ र २ को टिम बीच हुने आयोजक समितिका खेल संयोजक पुर्ण लिम्बुले बताए।

आजै भएको उदघाटन खेलमा बोल्दै प्रमुख अतिथि सांसद साँबाले खेललाई मनोरञ्जनका रुपमा मात्रै नलिएर व्यावसायिकरण गर्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताए । यसका लागि तीनै तहका सरकारले भुमिका खेल्नुपर्ने भन्दै साँबाले हरेक वडामा एउटा रङ्गशालाको अभियान देशमा सुरु भइसकेको जानकारी दिए । देशमा खेललाई पनि समृद्धि र रोजगारीमा जोडन ढिला गर्नुहुदैन फुटबल खेल मात्रै नभएर अन्य खेलको विकास र व्यावसायिकरणमा हाम्रो ध्यान जान जरुरी बनिसकेको सांसद साँवाले बताए । आगामी वैशाख २३ गतेसम्म चल्ने प्रतियोगिताको बिजयी तथा उपबिजयी हुने टिमले जनही नगद ३१ हजार र २१ हजार र ट्रफि पाउने छन् । प्रतियोगितामा नगरका ९ वटै टिमले सहभागी जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कनकाई ५ नम्बर वडा वडाअध्यक्ष कृष्णबहादुर राई, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, समाजसेवी शेरबहादुर थापा, अखिल नेपाल महिला संघकी सुनिता खरेल लगायातले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन प्रताव राई र सभापतित्व नेपाल खेलकुद महासंघका नगर अध्यक्ष गोविन्द सुवेदीले गरेका थिए ।

शनिवार, वैशाख १६, २०८० | Uncategorized, खेलकुद

सम्बन्धित खबर