२०८१ मंसिर ३, सोमवार , ०९:१८:३० बजे

Sajhamanch
'

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको खेल

शनिवार, वैशाख १६, २०८०

काठमाडौँ। वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले वर्षा भइरहेको छ।

नेपालले २३।२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ताजा अवस्थामा रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। दुबैलाई कुवेतका अदनन् इद्रिसले शिकार बनाए भने भीम सार्कीले एक रन मात्र जोड्दा मोहम्मद अस्लमले आउट गरे। वर्षा रोकिएर खेल सुचारु हुने आशमा दर्शकहरु कुरिरहेका छन्।

सम्बन्धित खबर