२०८१ कार्तिक २, शुक्रवार , ०१:४१:४५ बजे

Sajhamanch
'

कुबेरनाथको तेह्रो तिथिका दिन, कुबेर –मन छात्रवृत्ति कोष स्थापना

शुक्रवार, वैशाख ८, २०८०

शिवसताक्षी । कुबेरनाथ नेपालको तेह्रौं पुण्य तिथिका दिन नेपाल परिवारले हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धाप स्थित जनजागृति माध्यमिक विद्यालयमा कुबेर –मन छात्रवृत्ति कोष स्थापना गरेका छन्।

यस विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक वा सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक उन्नयनमा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न एक लाख रुपैयाँको चेक छोराहरू डा।देवी नेपाल र खगेन्द्रप्रसाद नेपालले प्रधानाध्यापक इन्दिरा चुडाललाई प्रदान गरेका हुन् ।

वि.स. २०३२सालदेखि तीन दशकभन्दा लामो समय गोल्धापमा रहेको नेपाल परिवारका धनमाया ,गोमा र मङ्गला तीन छोरीहरूले शिक्षाको उज्यालो घामबाट वञ्चित हुनुपरे पनि देवी,जानुका खगेन्द्र र पवित्राले जनजागृति माविबाटै साउँ अक्षर चिन्ने र उच्च शिक्षाका लागि ढोका खोल्ने काम गरेको र यसै विद्यालयबाट खुलेका चेतनाका चक्षुले आज संसार चिनाउने बल प्रदान गरेको डा.नेपालले बताए ।

शुभकामना मन्तव्य राख्दै विशेष अतिथि चन्द्र भण्डारीले भने ,‘विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुनेछ । यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने विश्वास गरिएको छ । ’

हाम्रा कीर्तिशेष पिताजी कुबेरनाथ नेपाल र हामीलाई अभिभावकीय छहारी प्रदान गरिरहनु भएकी ममतामयी मनमाया नेपालका नाममा कुबेर(मन छात्रवृत्ति कोष स्थापना गर्ने निर्णय गरिएको प्रेस विज्ञप्ति मार्फत खगेन्द्रप्रसाद नेपालले बताए ।

विद्यालयकी प्रधानाध्यापक चुडालले विद्यालयमा लगानी गरेर उत्साह थपिदिएको बताइन् । उनले भनिन् ,शिक्षा क्षेत्रमा गरिएको यो नमुना कार्य हो, यो कार्यको उच्च प्रसंसा गछौँ । शिक्षामा गरेको लगानीको सहिसदुपयोग गछौँ । ’

निजी निवास शिवसताक्षी–११ दुधेमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा जन जागृतिका विद्यालय व्यवस्थापन अध्यक्ष ,सदस्यहरू ,पत्रकार, समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

शुक्रवार, वैशाख ८, २०८० | समाज, साहित्य

सम्बन्धित खबर