२०८१ मंसिर ९, आइतवार , ०७:३१:१४ बजे

Sajhamanch
'

शिवसताक्षीमा व्यक्तिगत घटना सम्वन्धी सबै वडामा कार्यक्रम सञ्चालन

बुधवार, वैशाख ६, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले व्यक्तिगत घटना दर्ता अभियान बैसाख १ गतेबाट सुरु गरेको छ ।

नगरभित्रका सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता गराउन नगरबासीहरुलाई सुचित गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन भएको हो । शिवसताक्षी नगरपालिका पञ्किरण शाखाले शिवसताक्षीका ९ र ११ वडाहरु व्यक्तिगत घटना सम्वन्धि एक कार्यक्रम गरेको छ ।

पञ्जिकरण शाखाले शिवसताक्षीको दुधेमा संयुक्त वडा कार्यालयमा कार्यक्रम गरी व्यक्तिगत घटना सम्वन्धि सुचित गरेको पञ्जिकरण शाखाकी कर्मचारी मुना उप्रेतीले जानकारी दिइन् । उनले कार्यक्रममा सहभागी भएकाहरुलाई हामीले सुचित गराएका छौ । अब उहाँहरुले आफ्ना छर छिमेकीहरुलाई भन्नु हुनेछ । नगरपालिकाले घटना दर्ता सम्वन्धी सामाजिक सञ्जालमा मार्फत र नगरभित्र माइकिङ गरी सबै नगरबासीहरुालाई सुचित गरिएको उनको भनाई थियो ।

कार्यक्रममा वडाध्यक्षहरु डिल्लीलाल फेम्बु र बहादुर आङ्गबोले आफ्ना वडाका सबै नागरिकलाई व्यक्तिगत घटना दर्ता गर्न आग्रह गरेका छन् । उनीहरुले व्यक्तिगत घटना दर्ता नगराएर सरकारबाट पाउने सुविधाबाट बन्चित हुने बताए । सामाजिक सुरक्षा भत्ता लिन, राष्ट्रिय परिचय पत्र बनाउन, बालबालिकालाई स्कुल भर्ना गर्न, नागकिरता वा पासपोर्ट बनाउनबाट बञ्चित हुने समेत उनीहरुले सहभागीहरुलाई जानकारी गराइएका थिए ।

पञ्जिकरण शाखाले वडा नं ६, ७ वडामा पनि कार्यक्रम गरिसकेको नगरका कर्मचारी चन्द्रप्रसाद पौडेलले जानकारी दिए । वडा नं. १, ८, २ र वडा नं. ३ ,४ ५ नं.नम्बरमा आज घटना दर्ता सम्वन्धी कार्यक्रम सञ्चालन भइरहेको समेत उनले जनकारी दिए ।

गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेको छ ।
सरकारले २०८० साल अर्थात सन २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।

अभियान सञ्चालनका लागि ७५३ पालिकाहरुमा नै सर्कुलर जारी गरिएको विभागले जनाएको छ । विभागले आफ्नो वडा अथवा पायक पर्ने शिविरमा गएर व्यक्तिगत घटना दर्ता गर्न आग्रहसमेत गरेको छ ।

सम्बन्धित खबर