बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पुर्णानन्द शर्मालाई सम्मान गरेको हो ।
वडा पार्टीले सोमबार बिर्तामोड–२ स्थित चारपानेमा नववर्ष २०८० को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।
नेपाली कांग्रेस बिर्तामोड वडा नं. २ का अध्यक्ष देवीप्रसाद खरेलको सभापतित्वमा भएको नववर्ष २०८० को शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथाकी कार्यक्रममा प्रमुख अतिथि थिए । नेता बुढाथोकीसहित संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रमकोको औचित्य माथि पार्टीका क्षेत्रीय प्रतिनिधि देवीप्रसाद गिरीले प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, संविधानसभा सदस्य शिवाकोटी, सम्मानित ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र, पार्टीका झापा उप–सभापति केशव पाण्डे, झापा सदस्य पार्वता गिरीलगायतले मन्तब्य राखेका थिए ।
सवै वक्ताहरुले पार्टीभित्रको अन्तरद्वन्द्व अन्त्य गर्दै पार्टी र पार्टीका भातृ संगठनलाई चलायमान बनाउनु पर्नेमा जोड दिए । उनीहरुले कांग्रेसका नेता तथा कार्यकर्ताहरु छिटो बिचलित हुने गरेको बताउँदै पार्टीको अन्तरद्वन्द्वबाट बिचलित नहुन सबैमा आग्रहसमेत गरेका छन् ।
बिर्तामोड–२ मा पार्टीको वडा समितिले गरेको अग्रज ब्यक्तित्व सम्मान कार्यक्रम एकदमै उदाहरणीय र राम्रो कार्य भएको बताउँदै वडा समितिलाई धन्यवाद समेत दिएका थिए । सम्मान कार्यक्रमलाई निरन्तरता दिनसमेत उनीहरुले वडा समितिलाई आग्रह गरेका छन् ।
कार्यक्रममा क्षेत्रीय प्रतिनिधि धर्म लक्सम, वडा सचिव रुपनारायण ढकाल र तेजकुमार सुब्बाले सम्मानपत्र वाचन गरेका थिए ।