भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ मा पर्ने हडिया निन्दा खोलामा दाहसंस्कारस्थल निर्माणका लागि अम्बिका पोखरेलको अध्यक्षतामा १५ सदस्यीय निर्माण समिति गठन गरिएको छ ।
नयाँ वर्ष तथा सिरूवा पर्वको अवसरमा भृकुटी युवा परिवारले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सिर्जनात्मक कार्यका रूपमा रूपान्तरण गर्दै स्वर्गद्वारी घाट निर्माण समिति गठन गरिएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम पोखरेल, उपाध्यक्षमा उर्मिला सापकोटा र ताराचन राजवंशी, महासचिव लिला घिमिरे, सचिव पानीलाल राजवंशी र विमला भट्टराई, कोषाध्यक्ष भरत लम्साल भास्कर, सहकोषाध्यक्ष सुकलाल राजवंशीलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरूमा सागर घिमिरे, माहावीर मित्रुका, ज्ञानबहादुर राई, धनप्रसाद शिवाकोटी, सुनिता राजवंशी र भृकुटी युवा परिवारका अध्यक्ष डिल्लीराम अधिकारी पदेन सदस्यका रूपमा चयन भएका छन् ।
अध्यक्ष अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख राधा कार्की, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, ९ का वडाध्यक्ष रामप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै घाट निर्माणका लागि सहगोग गर्ने प्रतिवद्धता जनाएका छन् ।