२०८१ पौष २२, सोमवार , १०:२८:५४ बजे

Sajhamanch
'

सतासीधाम स्पोर्टिङ क्लब बन्यो च्याम्पियन

बुधवार, चैत २९, २०७९

शिवसताक्षी । नाइन स्टार युवा क्लबद्वारा आयोजित फुटबल खेलमा सतासीधाम स्पोर्टिङ फुटबल क्लब विजयी बनेको छ। शिवसताक्षी वडा नम्बर ३ मा बुधबार भएको खेलमा बोका जुनियर फुटबल क्लबलाई ट्राइबेकरमा हराउदैसतासीधाम स्पोर्टिङ क्लबले उपाधि चुमेको हो ।

उपाधि हात पारेसँगै सतासीधाम स्पोटिङ्र्ग क्लबल नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले नगर १५ हजार,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयाजकले जनाएको छ ।

फाइनल खेलमा दुईवटै टिम बिच निकै कडा प्रतिस्पर्धा भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको मध्य समयमा बोका जुनियरले गोल गर्दै अग्रता बनेको थियो । अरुन लिम्बूको गोल सँगै बोका जुनियरले खेलमा आफ्नो प्रभाव देखेको थियो । तर यहि नतिजालाई अन्तिम नतिजा भने बनाउन दिएन । सतासीधाम स्पोर्टिङले खेलको अन्तिम समयमा गोल गर्दै खेलमा बराबरी बनायो र खेल अझै लम्ब्याउन सफल भयो। निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो ।

ट्राइबेकरमा सतासीका लागि आकाश पौडेल, देव मल्लिक,हेमन लिम्बू, डनिल चापागाईंले गोल गरे । बोका जुनियरको तर्फबाट छिप्सन लिम्बू,सम्राह लिम्बू र जेरन राईले मात्र गोल गरे भने सम्योग गौतमको प्रहार सतासीका गोलरक्षक प्रज्वल राइले बचाउ गरे । सतासीका गोल किम्परको बचाउ नै उपाधि जीत बन्यो । फाइनल खेलको म्यान अफ दि म्याच विजेता टिमका देव मल्लिक घोषित भए।

खेलभरीको उत्कृष्ट गोलरक्षक प्रज्वल राइ भए भने उत्कृष्ट खेलाडी हेमन्त तुम्बापो घोषित भए। उनिहरुले जनहि १ हजार प्राप्त गरे। खेलभरीको हाइ स्कोरर आकाश पौडेल बने ।

फाइनल खेलको कार्यक्रममा पुर्व प्रदेश मन्त्री झलक सिह दर्लामिको प्रमुख आतिथ्य रहेको थियो। सबै पुरस्कार दर्लामीको बाहुलिबाट प्रदान गरिएको थियो।

यसै कार्यक्रममा जग्गादाता नक्कल मान लिम्बु , मुकेश थलङ (परिवार), चन्द्र माबो,कमला हेजमलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता मान बहादुर थापाको रहेको थियो भने सहजीकरण संजय राईले गरेका थिए ।

बुधवार, चैत २९, २०७९ | खेलकुद

सम्बन्धित खबर