२०८१ माघ ११, शुक्रवार , ०९:४२:०१ बजे

Sajhamanch
'

सिम्रिक साकोसका ज्येष्ठ सदस्यहरु तीर्थयात्रामा

बुधवार, चैत २२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ५७ जना ज्येष्ठ सेयर सदस्यहरुलाई तीन दिवसीय तीर्थ भ्रमण गराएको छ ।

संस्थाले आफ्ना ज्येष्ठ सदस्यहरुलाई चितवनको देवघाट, नवलपरासीको साश्वत धाम र जनकपुर नगरीको जनकपुरधाममा धार्मिक भ्रमण गराउने तथा अन्य पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यतालिका बनाएर मंगलबार विदा गरिएको हो ।

बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी तीर्थयात्रीलाई खादा लगाएर विदाई गरिएको हो । संस्थाले सबै तीर्थालु सेयर सदस्यहरुलाई स्वरुचि भोजन किनेर खान सहज होस् भन्ने अभिप्रायले जनही नगद ४ हजार रुपैयाँ पनि प्रदान गरेको छ ।

तीर्थयात्री विदाई कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले दुईवटै गाडीमा सञ्चालक समितिका दुईजना सदस्य र एकजना अधिकृत कर्मचारीहरु साथ रहनु हुने भएकाले कोही कसैलाई समस्या नहुने गरी भ्रमण गराउन निर्देशन गरे ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले तीर्थयात्राका लागि निर्धारण गरिएको रुट र समय तालिकाका बारेमा जानकारी गराउँदै ५० हजारभन्दा बढी सेयर सदस्य रहेको संस्थाबाट छानिएर तीर्थयात्रामा सहभागी ५५ जना ज्येष्ठ सदस्यहरुले संस्थालाई अर्को एउटा छोरा वा छोरीका रुपमा बुझिदिन आग्रह गरे ।

तपाईहरुले जन्माएका छोराछोरी घरमा हुनुहुन्छ, सिम्रिक सहकारी पनि अर्को एउटा सन्तान हो भन्ने बुझेर यसलाई आशीर्वाद दिन उनको आग्रह थियो ।

तीर्थयात्रीहरुका लागि आयोजित औपचारिक विदाई कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए ।

सम्बन्धित खबर